आगामी तीन दिनसम्म देशभर मेघ गर्जनसहित वर्षा हुने र हावाहुरी पनि चल्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले यस्तो सम्भावना जनाएको हो ।
बिहीबार साँझ सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसममा बदली हुने क्रम अहिले पश्चिम र मध्य क्षेत्र हुँदै पूर्वमा समेत सक्रिय भएको महाशाखाले जनाएको छ । महाशाखाले आफ्नो मौसमी बुलेटिनमा भनेको छ- 'शुक्रबार दिउँसो देशका पूर्वी र मध्य भू-भागमा सामान्य बदली रहने र पश्चिमी भू-भागमा आंशिक बदली रही पश्चिमी भू-भागका थोरै स्थानहरु र मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा हावाहुरी मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।'
आज देशका उच्च हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।
यस्तो शनिबार र आइतबारको मौसमी आँकलन:
जेष्ठ २५ गते (शनिबार):
दिउँसो: देशका पूर्वी तथा मध्य भू-भागमा सामान्य बदली रहने र पश्चिमी भू-भागका स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरु र मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।
राति: देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।
जेठ २६ गते (आइतबार):
दिउँसो: देशका पूर्वी तथा मध्य भू-भागमा सामान्य बदली रहने र पश्चिमी भू-भागका स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरु र मध्य तथा पूर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।
राति: देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।