सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको हावाहुरीले त्यस क्षेत्रमा ठूलो धनजनको क्षति पुर्याएको छ ।
यो समाचार तयार पार्दासम्म गोदावरी नगरपालिकाका वीरबहादुर चौधरीको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् ।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले घटनाको पुष्टि गरेका छन्।
उनका अनुसार घाइतेमध्ये १८ जनाको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । यसैगरी निसर्ग अस्पतालमा ७ जना र पद्मा अस्पताल अत्तरियामा १३ जनाको उपचार भइरहेको छ ।
हावाहुरीले कम्तिमा पनि तीनसय घरका छाना उडाउनुका साथै व्यापक मात्रामा बालीनालीमा क्षति पुर्याएको छ।