जीवनमा बैँस, बल र वर्ष सकिँदै जाँदा अमेरिकी जीवन विरक्तिँदै जान्छ भन्ने चिन्ता दक्षिण एसियाली मूलका आप्रवासीबीच हुने गरेको छ । अमेरिकी जीवन व्यक्तिवादी जीवन हो । परिवारिक संरचनामा एकल परिवार प्रणाली हावी छ । तसर्थ बुढ्यौलीमा वृद्धाश्रम वा यस्तै विकल्प नरहेको जिकिर गरिन्छ । अमेरिकामा वालिग भएपछि छोराछोरीले अभिभावकको घर छाड्ने र वृद्ध अभिभावकको प्रत्यक्ष रेखदेख नगर्ने संस्कृति छ । किन यस्तो हुन्छ ? म आफैँ अमेरिकाका लागि दक्षिण एसियाली मूलको आप्रवासी एवं समाजशास्त्रको विद्यार्थी भएकाले मेरा लागि यो चासो बन्यो ।
अमेरिकी समाजमा एकल जीवनको यथार्थ एवं कमजोर पारिवारिक सम्बन्धबारे समाजशास्त्रीय कारणबारे बुझ्न आफ्नै विद्यार्थीस“ग तिनको विचार जान्ने जमर्को गरेँ । कलेजको क्याफ्टेरियामा गरेको कफी गफदेखि ड्युटीबाट डेरा फर्कने वेला सब–वेमा गरेको समसामयिक समीक्षालाई आलेखमा समेट्ने प्रयास गरेको छु । आलेखमा अमेरिकीमा एकल जीवनप्रतिको मोह र वालिग हुनासाथ अभिभावकबाट किन अलग हुन चाहन्छन् युवा ? भन्ने विषयमा उनीहरूको अनुभवको मात्र विश्लेषण गर्न खोजिएको छ । केही युवाको अनुभव मात्र समेटिएकाले यसको निष्कर्ष सर्वमान्य नहुन सक्छ । साथै आलेखको आशय अमेरिकी सबैले आफ्ना अभिभावकप्रति जिम्मेवारी बहन गर्दैनन् या गर्न रुचाउ“दैनन् भन्ने पनि होइन ।