अमेरिकी र चिनिया रक्षामन्त्रीबीच वाकयुद्ध: अमेरिका चुप नलाग्ने, चीन जवाफ दिने

अमेरिकी कार्यवाहक रक्षामन्त्री र उनका चिनिया समकक्षी । तस्बिर : एजेन्सी

चिनियाँ रक्षामन्त्री वेइ फेङ्‍गेले अमेरिकाले ताइवान र दक्षिण चीन सागरमा हात हाले भयावह युद्ध हुने बताएका छन्। सिंगापुरमा आयोजित 'शाङ्ग्रि-ला डाइलग'लाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। 

अमेरिकाले ताइवान र चीनको सम्बन्धमाथि हस्तक्षेप गर्ने कोशिस गरे परिणाम नराम्रो हुन सक्ने बताउँदै वेइले उक्त क्षेत्रको बचाउका लागि अन्त्यसम्म लडाइँ गर्नेसमेत बताए। उनले अगाडि भने, 'हाम्रो लागि ताइवान एउटा पवित्र क्षेत्र हो।र यसको सुरक्षा गर्नु हाम्रो परम कर्तव्य हो।हामी जाइ लाग्दैनौ, आइलाग्नेलाई बाँकि पनि छोड्दैनौ।'

 

उनले अमेरिकालाई धारेहात लगाउँदै भने 'यदि कसैले ताइवान र चीनको सम्बन्धलाई तोड्ने कोशिस गर्‍यो भने हाम्रा सेनासामु युद्धबाहेक अर्को बिकल्प हुने छैन। त्यस्तो भयो भने अमेरिकाका लागि महंगो पर्नेछ।'

यसअघि शनिबार शांग्रि-ला डाइलगमै अमेरिकाका कार्यवाहक रक्षामन्त्री प्याट्रिक शैनहनले एसियामा बढ्दै गइरहेको चीनको प्रभावलाई लामो समयसम्म टुलुटुलु हेरेर बस्न नसक्ने बताएका थिए। 

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरू भएपछि व्यापार र ताइवानसँगको सम्बन्धलाई लिएर अमेरिका र चीनबीचको सम्बन्ध असहज हुदैआएको छ। अमेरिकाले चीन स्वशासित ताइवानको समर्थन गर्दै ताइवान स्ट्रेटमा आफ्नो जहाज पठाएको थियो। त्यसपछि चीनले अमेरिकाको ताइवानर दक्षिण चीन सागरमा हस्तक्षेपकारी अभियान चलाएको भन्दै आपत्ति जनाउँदै आएको छ ।

 

प्रकाशित मिति: : 2019-06-03 09:07:00

प्रतिकृया दिनुहोस्