घरेलु टोली इंग्ल्यान्डले एक दिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ। बिहीबार भएको उद्धघाटन खेलमा दक्षिण अफ्रिकालाई १ सय ४ रनको फराकिलो अन्तरमा हराउँदै इंल्याण्डले विजयी सुरूवात गरेको हो।
इंल्याण्डले दिएको ३ सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ७ रनमा समेटियो।
दक्षिण अफ्रिका लागि ओपनर क्विन्टन डी ककले सर्वाधिक ६८ रनको योगदान दिएका थिए। यस्तै रस्सी भान डर डुसेनलाई जोफ्रा आर्चरले ५० रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
एडेन मार्करामले ११ रन बनाउँदा कप्तान फाफ डु प्लेसिस ५ रनमा आउट भए।
जेपी ड्युमिनीलाई ८ रन बनाउँदा ड्वेन प्रिटोरिसय १ रनमा रन आउट हुन पुगे। एन्डिले फेलुक्वायोले २४ रन बनाउनुबाहेक लुन्गी निडी ६, कागिसो रबाडा ११ र हसिम अमलाले १३ रन बनाएर आउट भए।
इंल्याण्डलाई सहज जित दिलाउन जोफ्रा आर्चरले ३ विकेट लिँदा लियाम प्लन्केट र बेन स्टोक्सले २-२ विकेट लिए।
मोइन अली र आदिल राशीदले पनि समान १ विकेट लिए।
यसअघि ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ११ रन बनायो।
इंग्ल्यान्डका लागि मध्यक्रमका बेन स्टोक्सले ८९ रन बनाउँदा ओपनर जोसन रोयले ५४ रन बनाए। जो रुटले ५१ रन बनाएका थिए।
यस्तै मोर्गनले ५७ रन बनाउँदा इंग्ल्यान्डले पहिलो ओभरको दोस्रो बलमै ओपनर जोनी बेयरस्टोलाई शून्यमा गुमाए पनि थियो।
रूट र रोयले दोस्रो विकेटका लागि १ सय ६ रनको शतीकय साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। यस्तै चौथो विकेटका लागि कप्तान इओन मोर्गन र बेन स्टोक्सले १ सय ६ रनको साझेदारी गर्दै सम्मानजनक स्कोर बनाएका थिए।
जस बटलरले १८ रन बनाउँदा मोईन अली ३ रनमा आउट भए। क्रिस वोक्स १३ रनमा क्याच आउट हुँदा लियाम प्लन्केट ९ र जोफ्रा आर्चर ७ रनमा अविजित रहे।
दक्षिण अफ्रिकाका लागि लुन्गी निडीले ३ विकेट लिए। कागिसो रबाडा र इमरान ताहिरले २-२ विकेट लिए। त्यस्तै एन्डिले फेलुक्वायोले १ विकेट लिए ।