लोकसेवा आयोगले नौ हजार बढी कर्मचारीका लागि माग्यो आवेदन (कहाँ कति)

तस्बिरः बिएल

लोकसेवा आयोगले स्थानीय तहका लागि ९ हजारभन्दा बढी कर्मचारी पदपूर्तिका लागि आवेदन माग गरेको छ।

बुधबार गोरखापत्रमा एउटा सूचना प्रकाशित गर्दै आयोगले मुलुकभरका स्थानीय तहका लागि प्राविधिक/अप्राविधिक गरी ९ हजार १ सय ६१ दरबन्दीका लागि चौथो, पाँचौं र छैठौं तहका कर्मचारी आवेदन माग गरेको हो।

कर्मचारी समायोजनपछि पनि रिक्त रहेका स्थानीय तहमा काम गर्नका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको विवरण सिफारिस अनुसार आयोगले विज्ञापन खुलाएको जनाएको छ।

आयोगले असार ३ गतेसम्म निवेदन दिने म्याद राखेर आयोगले विज्ञापन खुलाएको हो। आयोगबाट यति धेरै संख्यामा कर्मचारी माग भएको यो पहिलो पटक हो।

आयोगबाट उत्तिर्ण भएका उमेद्वारलाई रोजेको स्थानीय तहमा खटाइनेछ। उनीहरुलाई स्थानीय तहले नै स्थायी नियुक्ति दिने आयोगले जनाएको छ।

हेर्नुहोस् आयोगको सूचना 

प्रकाशित मिति: : 2019-05-29 12:17:42

प्रतिकृया दिनुहोस्