सीएनएन भन्छ- 'विश्‍वको अग्लो शिखर हैन-सगरमाथा' !

'हामीलाई २९ हजार ३५ फिट उचाइको सगरमाथा संसारकै सर्वोच्च शिखर हो भनेर पढाइएको छ।तर, विश्वको सर्वोच्च शिखर प्यासिफिक ओसनको मध्यमा रहेको मउना की हो, जुन समुन्द्रको सतहबाट १३ हजार ७ सय ९६ फिट अग्लो छ। सतहबाट नभई समुन्द्रको पिँधबाट नाप्ने हो भने यो झण्डै ३३ हजार पाँचसय फिट अग्लो छ।'

अमेरिकी समाचार संस्था सीएनएनले सिएनएनले विश्वकै अग्लो शिखर सगरमाथाबारे रहस्यमय सगरमाथाका कतिपय कथाहरू कल्पनाले भरिएका छन् शीर्षकमा छापिएको समाचारको एक अंश हो। यो समाचारले विश्वकै अग्लो शिखर सगरमाथाबारे भ्रम सिर्जना गरेको छ। 

सीएनएनले आफ्नो समाचारमा सगरमाथा विश्वको अग्लो शिखर नभएको जिकिरसहित इक्वेडरको चिम्बोराजोको चर्चा गरेको छ। यस करममा उसले लेखेको छ- 'पृथ्वीको केन्द्रबाट नाप्ने हो भने पनि सगरमाथा सर्वोच्च होइन। यो गौरव इक्वेडरको चिम्बोराजोले बोकेको छ। चिम्बोराजोको शिखर समुन्द्री सतहबाट २० हजार ५ सय ६४ फिट अग्लो छ', सिएनएन अगाडि लेख्छ, 'इक्वेडरको भूभागमा पृथ्वी थोरै बाक्लो भएकाले (पृथ्वीको निरन्तरको परिक्रमाका कारण पैदा हुने बलले यस्तो हुने गर्छ) मात्रै हो, अन्यथा चिम्बोराजोको टुप्पो पृथ्वीको केन्द्रबाट सगरमाथाको तुलनामा थप ६ हजार ८ सय फिटको दुरीमा छ।'

'सगरमाथा विश्वको सर्वोच्च शिखर हो। यसमा कुनै विवादै छैन। अफवाह फैल्याउने शैलीमा कसैले पनि समाचार लेख्नु गलत हो।' 
मीरा आचार्य, निर्देशक- पर्यटन विभाग 

सन् १९२२ मा पहिलो आरोहीले ज्यान गुमाएयता सगरमाथामा दुईसय आरोहीको मृत्यु भइसकेको जिकिर गर्दै अगाडि लेखेको छ- 'सगरमाथा आरोहणको सफलता दर केवल २९ प्रतिशत रहेको छ। यति हुँदाहुँदै पनि प्रतिवर्ष सयौंले आरोहणको अनुमति पाउँछन्, जसबाट जनही ११ हजार अमेरिकी डलर असुलिन्छ।'

सीएनएनले नेपाल सरकारले आरोहणपूर्व आरोहीले गर्नुपर्ने 'अभ्यासको निश्चित घण्टा' नतोकेको भन्दै समाचारमा केही ट्रेकिङ एजेन्सीलाई सहजीकरणको जिम्मा दिइएको उल्लेख गर्दै अगाडि लेख्छ- 'तिनले आरोहीसँग हजारौं डलर असुल्छन्।'तिनको दर पनि हेरीहेरी छ।'

सीएनएनले सगरमाथामा पुग्नुलाई प्रकृतिसँग एकाकार हुने अवसरको रुपमा लिइने गरिएको कुरालाई पनि काल्पनिक भन्दै अगाडि लेख्छ- 'कुनै समयमा त्यस्तो हुन्थ्यो होला', समाचारमा लेखिएको छ, 'बढ्दो भिडभाडका कारण अब त्यस्तो छैन।

दुई साताअघि पनि सीएनएनले यस्तै गलत भ्रमपूर्ण समाचार छापेको थियो। उसले सगरमाथा सरसफाइका क्रममा अतिरञजित मात्रामा फोहोर संकलन गरिएको तथ्यांक दिएको थियो। उसले आफ्नो समाचारमा लेखेको थियो- सगरमाथा क्षेत्रबाट ६ जार ६ सय १३ पाउण्ड फोहर निकालियो। जसमा खाली क्यान, बोतल र प्लाष्टिकहरु थिए।'  

प्रकाशित मिति: : 2019-05-28 18:28:23

प्रतिकृया दिनुहोस्