काठमाडौं- अमेरिकी राजदूत रेन्डि वेरीले सामाजिक सञ्जालमा गर्न लागेको अन्तर्क्रियाबारे विभिन्न प्रतिक्रियाहरु आएका छन्।
उनले एक भिडियो सन्देस सहित नेपाली नागरिक र समाजसँग प्रत्यक्ष संवाद गर्न लागेको भन्दै योजना सार्वजनिक गरे थिए। वेरीले सोमबार मात्र फेसवुक र ट्वीटरमा 'राजदूतसँग गफगाफ' गर्न लागेको भन्दै भिडियो पोष्ट गरेका छन्। यो नेपाली स्थित अमेरिकी दूतावासको सामाजिक सञ्जालका ४० लाख फलोवर्ससँग साप्ताहिकरुपमा गरिने 'गफगाफ' भएको दूतावासले जनाएको छ।