इराकको राजधानी बगदादस्थित अमेरिकी राजदूतावास नजिकको ग्रीन जोनमा आइतबार बिस्फोट भएको छ।
स्पुटनिक समाचार समितिका अनुसार बिस्फोटबाट कुनै मानवीय क्षति भएको छैन ।
इराकी अधिकारीहरुले उक्त घटनाका बारेमा कुनै प्रतिक्रिया दिएका छैनन्। तर, अमेरिकी दूतावास नजिकै ठूलो बिस्फोटको आवाज आएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
संयुक्त राज्य अमेरिकाले केही सरकारी कर्मचारीलाई इराक तत्काल छाड्न आदेश दिएको केही दिनभित्रै उक्त बिस्फोटको आवाज आएको हो।
अमेरिकी विदेश मन्त्रालयले पनि आफ्ना नागरिकलाई इराक भ्रमण नगर्न अनुरोध गरिसकेको छ।
अमेरिकाले इराकसमेत समग्र मध्यपूर्वमा आतङ्कवाद, अपहरण र सशस्त्र द्वन्द्वको अवस्था रहेको भन्दै अमेरिकी नागरिकलाई यस क्षेत्रको भ्रमण गर्दा सावधानी अपनाउन भनेको छ।