काठमाडौं : कर्मचारी सरुवाका कारण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुधबार तनाव उत्पन्न भएको छ ।
मन्त्री मात्रिका यादवको निजी सचिवालयमा सरुवामा असन्तुष्टबीच तनावको स्थिति सृजना भएको हो ।
मन्त्रालय स्रोतका अनुसार असन्तुष्ट पक्षबीच झण्डै हात हालहालको अवस्था सिर्जना भएको थियो । मन्त्रालय स्रोतका अनुसार कांग्रेसनिकट कर्मचारीले निजी सचिव प्रेम आचार्यसँग विवाद गरेका थिए ।
कांग्रेसनिकट कर्मचारी युनियनका उपाध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा हुलहुज्जत भएको बताइएको छ । उनीहरूले कांग्रेसनिकट कर्मचारी युनियनका नेता शोभाकर रेग्मीलाई उद्योग विभागमा सरुवा नगरी नेकपानिकट विनोद खड्कालाई पठाइएको भन्दै असन्तुष्टि जनाएका थिए ।