किन लागिन् दीपिका न्युयोर्कतिर?

तपाईं हामी कति मूल्यका झोलाको प्रयोग गर्दछौं? जो कोहीको जवाफ हुन सक्छ सामान्यतया १ हजारदेखि १० हजारसम्म। तर सेलिब्रिटीहरूले बोक्ने झोलाको मूल्य हाम्रो अनुमानभन्दा निकै बढी हुन सक्छ। 

यसको उदाहरणको रुपमा लिन सकिन्छ बलिउड अभिनेत्री दीपिका पादुकोण। शनिबार दीपिका न्यूयोर्कको यात्रामा निस्किइन्।

उनी बाँया हातमा २ लाख ६७ हजार भारतीय रुपयाँ बराबारको झोला बोकेर न्यूयोर्कमा हुन लागेको ‘मेट गाला-२०१९’ इभेन्टका लागि एयरपोर्टमा देखिएकी थिइन्। 

उनले बोकेको उक्त झोलाको नेपाली मूल्य ४ लाख २७ हजार २ सय पर्न आउँछ। 

प्रकाशित मिति: : 2019-05-06 09:12:02

प्रतिकृया दिनुहोस्