'आइसक्रिमले बढाउँछ मुटुको धड्कन'

गर्मी लागेसँगै आइसक्रिमको स्वादमा रमाउँदै युवतीहरू। तस्बिरः निशा भण्डारी/सेतोपाटी

'आइसक्रिम लेलो, ठन्डा ठन्डा आइसक्रिम!

बच्चोंकी गर्मी भगानेवाला, मीठा मीठा आइस्क्रिम!'

कञ्चनपुर, महेन्द्रनगरकी ज्योति भट्टलाई बीस वर्षअघि भारतीय व्यापारी यसरी आइसक्रिम बेच्दै हिँडेको अझै सम्झना छ।

'गर्मीको रापले महेन्द्रनगर तात्तिएका बेला त्यही आइसक्रिमले हामीलाई 'कुल' बनाउँथ्यो,' ज्योति सम्झन्छिन्।

उनी अहिले काठमाडौंमा कलेज पढिरहेकी छन्। अहिले पनि उनी आइसक्रिम भनेपछि हुरूक्कै हुन्छिन्। झन् काठमाडौंमा स्वाद स्वादको खान पाएर दंग छिन्। तर, प्रत्येकचोटि आइसक्रिम खाँदा उनलाई महेन्द्रनगरमा देखेका ती भारतीय व्यापारीको झल्को आउँछ।

प्रकाशित मिति: : 2019-05-06 09:01:48

प्रतिकृया दिनुहोस्