पूर्वसभासद् गायत्री साह र उनका श्रीमान पक्राउ

ललितपुर :  पुर्वसभासद् गायत्री साह र उनका श्रीमान राजेश महतो पक्राउ परेका छन्। साह दम्पत्तीलाई प्रहरीले आइतबार दिउँसो ललितपुरको मेडिसिटी अस्पतालबाट पक्राउ गरेको हो।

‘फौजदारी अभियोगमा उहाँहरुलाई पक्राउ गरिएको हो’, महानगरीय प्रहरी परिसर जावलाखेलका डीएसपी नारायण चिमोरियाले भने, 'ललिपुरको १८ बाट पक्राउ  गरेका छौँ ।'  अस्पताल परिसरबाटै उनीहरुलाई प्रहरीले घिसार्दै पक्राउ गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । प्रहरीले गायत्रीलाई सातदोबाटोमा राखेको छ भने राजेशलाई जावलाखेलमा राखिएको छ ।  

वैशाख १३ गते मेडिसिटी अस्पतालले दिएको उजुरीका आधारमा साह दम्पत्ती पक्राउ परेको चिमोरियाले जानकारी दिए। मेडिसिटी अस्पतालले दिएको उजुरीमा आफ्नो सन्तान अस्पतालमै छोड्नु गैरकानुनी भएको उल्लेख गरिएको छ।

प्रकाशित मिति: : 2019-05-06 03:46:39

प्रतिकृया दिनुहोस्