केन्द्रमा टकरावको प्रदेशमा ‘साइड इफेक्ट’ : के प्रचण्डले ढाल्न सक्छन् प्रदेश २ को सरकार?

तस्बिरः पहिलोपोष्ट

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको संघीय सरकारको साझेदार दल हो, संघीय समाजवादी फोरम नेपाल। नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् भने फोरमका अध्यक्ष उपेन्द्र यादव उप-प्रधानमन्त्री। दुवै पार्टीका दुवै अध्यक्ष सरकारमा भए पनि यी दुईबीचको टकरावको सिकार बनेको छ प्रदेश २ को सरकार।

यसरी विकास भयो घटनाक्रम

प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा तत्कालनीन नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चर्को भाषण गरी मत जोड्न सफल उपेन्द्र यादव सरकारमा सहभागी हुन भने अलिकति पनि हिच्किचाएनन्। नेपाली कांग्रेसको सहयोगमा सप्तरीबाट चुनाव जितेका उपेन्द्र यादवलाई नेकपा सरकारमा सहभागी हुन त्यति सहज थिएन।

चुनावको साझेदार दल राष्ट्रिय जनता पार्टी (राजपा) सरकारमा सहभागी हुन हतारिएको भन्दै बार्गेनिङ बिना नै यादवले पद उछिट्याए। उनलाई लागेको थियो सरकारमा प्रधानमन्त्री ओलीपछि दोस्रो वरियता उनी रहनेछन्। तर, त्यो स्थान गुमाउँदा भने यादव सन्तुष्ट पनि रहिरहन सकेका छैनन्।

उपेन्द्र यादवको सत्तारोहणसँगै संघीय समाजवादी फोरम नेपाल नेतृत्वको प्रदेश २ सरकार र केन्द्र सरकारबीच नै टकरावको स्थिति पैदा भयो।

यस्तो अवस्था आउँदा, उपेन्द्र यादव मौन रहिरहे।

प्रकाशित मिति: : 2019-05-02 00:19:29

प्रतिकृया दिनुहोस्