राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या : भ्रमण छोट्याएर बुधबार नै काठमाडौं फर्कदै

चीनको नौदिने राजकीय भ्रमणका क्रममा ल्हासामा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी एकदिन अघि नै नेपाल फर्कने भएकी छिन्। उनको स्वास्थ्य स्थिति खराब भएपछि स्वदेश फर्कन लागेको बताइएको छ। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले समाचारको पुष्टि गर्दै राष्ट्रपति भण्डारी बुधबार विहान १० बजे काठमाडौं आइपुग्ने बताए। उनले अगाडि भने-'राष्ट्रपति ज्यूको स्वास्थ्यमा समस्या आएपछि भोलि नै स्वदेश फिर्ता हुन लाग्नु भएको हो। उहाँ सिचुवान एयरलाइन्सको विमानबाट भोलि बिहान साढे १० बजे स्वदेश आइपुग्नु हुनेछ।'

 

राष्ट्रपति भण्डारी बीआरआई फोरमअन्तर्गतको गोलमेच सम्मेलनमा सहभागी भई चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा भ्रमणमा आइपुग्दा विरामी भएकी हुन्।

 

प्रकाशित मिति: : 2019-04-30 22:24:51

प्रतिकृया दिनुहोस्