जापान सम्राट आकिहितोद्वारा राजगद्दी परित्याग गरेको घोषणा

बीबीसी

जापानमा सम्राट आकिहितोले मङ्गलवार राजगद्दी परित्याग गरेको घोषणा गरेका छन्।

जापानी समयानुसार अपराह्ण पाँच बजे सुरु भएको एउटा समारोहमा ८५ वर्षीय आकिहितोले सम्राटका रूपमा आफ्नो अन्तिम भाषण गरे।

दुई सय वर्षपछि पहिलो पटक जापान सम्राटले स्वेच्छाले पदत्याग गरेका हुन्।

यसअघि टोक्योस्थित राजभवनमा गद्दीत्यागको विधि परम्परागत रूपमा सुरु भएको थियो।

राजभवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीलगायत ३३० जना विशिष्ट व्यक्तिहरू उपस्थित थिए।

प्रकाशित मिति: : 2019-04-30 14:27:39

प्रतिकृया दिनुहोस्