'मेक इन नेपाल'अभियान सुरू : मोबाइल सेट बनाउँन परामर्शदाता नियुक्त

नेपालमा 'मेक इन नेपाल' अभियानअन्तर्गत मोबाइल फोन बनाउँने सम्भाव्यता अध्ययन सुरू भएको छ। 

नेपाल दूरसञ्चार प्राधिकरणले एभरेष्ट टेलिकम सर्कल प्रा.लि.लाई परामर्शदाता नियुक्त गरी सम्भाव्यता अध्ययन अगाडि बढाएको बताइएको छ। 

नेपालमा बर्सेनी २५ अर्बभन्दा बढीको ५० लाख फोनसेट आयात भैरहेको एक अध्ययनले देखाएको छ। नेपालमा आयात गरिने बस्तुमा फोनसेट तस्रो नम्बरमा पर्छ। 

नेपालभित्रै फोनसेटको एसेम्बल्ड वा रिफर्बिस्ड गर्ने सकेमा त्यसको १० प्रतिशत बचत गर्र्न सकिने विज्ञहरूले बताएका छन्।

पहिलोचरणमा नेपालमा आयात गरिने बारकोड फोन प्रतिस्थापन गर्न सकिन्छ कि भन्ने सँभाव्यता अध्ययन गरिने छ। यदि त्यस्तो सम्भावना देखिए प्राधिकरणले आवश्यक नीति बनाएर सक्षम कम्पनीहरूलाई फोन सेट बनाउँने लाइसेन्स प्रदान गर्ने बताइएको छ।

एभरेष्ट टेलिकम सर्कल प्रा.लि.लाई सभ्भाव्यता अध्ययनको प्रतिवेदन असार अन्तिमसम्ममा बुझाउने म्याद दिइएको छ। त्यसको आधारमा अर्को आर्थिक वर्षमा योजना अगाडि बढ्न सक्ने छ।

नेपाल दूरसञ्चार प्राधिकरणले परामर्शदाता नियुक्त गर्ने कुरामा अत्यन्तै बदनाम छ। आफ्ना मान्छेलाई काम दिन अनेकथरि परामर्शदाता नियुक्त गरेर करोडौै खर्च गराइरहेको छ। प्राधिकरणको यो रबैयालाई नजिकबाट हेरेकाहरू भने यो पनि आफ्नालाई पोस्नका लागि अध्ययनका लागि अध्ययन मात्र हुन सक्ने बताउँछन्। उनीहरूको भनाइ छ- परामर्शदाताका लागि त खुल्ला प्रतिस्पर्धा हुनुपर्ने हो। त्यसो नगरी ठाडो आदेशका भरमा परामर्शदाता नियुक्त गरिएकाले यो अध्ययनको विश्वसनियतामाथि नै प्रश्न उठाउन सकिन्छ।

 

 

 

 

 

प्रकाशित मिति: : 2019-04-28 05:49:25

प्रतिकृया दिनुहोस्