विश्वप्रकाशले दिएको जग्गामा देवीका लागि बन्यो चिटिक्कको घर

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले किनिदिएको ७ धुर जग्गामा मेचीनगर नगरपालिका–१० की देवी मेचेका लागि घर निर्माण भएकाे छ।

देवीका विषयमा एक स्थानीय पत्रिकामा समाचार प्रकाशित भएपछि नेपाली कांग्रेसका प्रवक्ता शर्माले आफ्ना छोराको जन्मदिनको अवसर पारेर घर बनाउन ७ धुर जग्गा किनिदिएका थिए। सहयोगी हातहरुबाट आर्थिक संकलन गरेर करिव १० लाखको लागतमा घर निर्माण गरिको हो। ७ धुर जग्गामा २ कोठा, एउटा किचन र ट्वाइलेट  बाथरुमसहितको घर निर्माण गरिएको छ। उक्त घर कांग्रेसका प्रवक्ता शर्माले एक कार्यक्रमकाबीच सोमबार देवीलाई हस्तान्तरण गरेका हुन्।

प्रकाशित मिति: : 2019-04-25 08:11:21

प्रतिकृया दिनुहोस्