साउदीमा १,१६३ नेपालीलाई नेपाल फर्काउन आदेश : १० करोड तलब लिन बाँकि

फाइल तस्वीर

साउदी अरबमा कामबिहीन भएका एकहजार एकसय ६३ नेपालीलाई स्वदेश फर्काउन त्यहाँको श्रम कार्यालयले आदेश दिएको छ।अजमिल कन्स्ट्रक्टिङ कम्पनीमा कामबिहीन भएका उनीहरूलाई तीन महिनाभित्र स्वदेश फर्काइसक्न भनिएको छ। गएको वर्ष मात्र नौ हजार नेपाली कामबिहीन भएर स्वदेश फर्किसकेका छन्। 

३७ हजार विदेशी कामदार रहेको त्यो कम्पनी तलब दिन नसकेर संकटमा फसेको थियो। उसले नेपाली कामदारको मात्रै झन्डै १० करोड रुपैयाँ तलब दिन बाँकि रहेको बताइएको छ।कम्पनीले नोभेम्बरयता तलव दन सकेको छैन।

कम्पनीले पहिलो चरणमा कम तलब पाउँने कामदारलाई कामबिहीन बनाएर स्वदेश फर्काइरहेको छ। अझै पनि महिनाको तीनहजार रियालसम्म तलब खाने कामदारलाई भने काम दिए पनि तलब दिइरहको छैन। 

कम्पनीले कामविहीन भएका नेपाली कामदारलाई विभिन्न क्याम्पमा राखेको छ। कम्पनीका अनुसार दमामको दहरान क्याम्पमा चारसय ५०, जुबेलमा दुईसय ५०, खोवरमा तीनसय र रबिकमा एक सय र बाँकी अन्य क्याम्पमा राखिएको छ।

प्रकाशित मिति: : 2019-04-25 00:02:32

प्रतिकृया दिनुहोस्