‘२०७६–२०८५ सार्वजनिक विद्यालय रुपान्तरणको दशक’

बाह्रखरी

काठमाडौं । सरकारले आगामी १० वर्षलाई सार्वजनिक विद्यालय रुपान्तरण दशकको रुपमा मनाउने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २०७६ सालदेखि २०८५ सालसम्मको एक दशकलाई सरकारले सार्वजनिक विद्यालय रुपान्तरण दशकको रुपमा मनाउने तयारी गरिरहेको जानकारी दिएका हुन् । 

बुधबार भक्तपुरमा सुरु भएको सार्वजनिक विद्यालय रुपान्तरण अभियानसम्बन्धी राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले ‘हामी सुधार्छौं हाम्रो सार्वजनिक विद्यालय’ भन्ने नारालाई सार्थक बनाउने गरी सार्वजनिक विद्यालयहरुको सुधार अभियानमा जुटन् पनि सम्बन्धित सबै पक्षलाई आह्वान गरे । मन्त्री पोखरेलले स्थानीय सरकार र सम्बन्धित सबै पक्षको पहलमा सार्वजनिक विद्यालयको रुपान्तरण गर्न सो सम्मेलन आयोजना गर्नु परेको स्पष्ट पारे । सम्मेलनले सार्वजनिक विद्यालय रुपान्तरण अभियानलाई सफल बनाउन सघाउ पुर्याउने मन्त्री पोखरेलको विश्वास छ ।

प्रकाशित मिति: : 2019-04-24 14:27:44

प्रतिकृया दिनुहोस्