राष्ट्रपति चीन प्रस्थान

अन्नपूर्ण पोस्ट

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी ९ दिने राजकीय भ्रमणका लागि बुधबार चीन प्रस्थान गरेकी छिन‍्। बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन भण्डारी त्यसतर्फ गएकी हुन्।

राष्ट‍्रपतिलाई विदाई गर्न उपराष्ट्रपति नन्दकिशोर पुन 'पासाङ', प्रधानमन्त्री केपी शर्मा ओलीलगाएतका उच्च अधिकारीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए। राष्ट्रपति भण्डारीको टोली विमानस्थलबाट नेपाल वायु सेवा निगमको उडान नम्बर आरए ००१ बाट चीन गएको हो। गणतन्त्र स्थापनापछि पहिलोपटक छिमेकी चीनले राष्ट्रपतिलाई बेइजिङमा स्वागत गर्ने  तयारी गरेको छ। अघिल्ला राष्ट्रपति डा. रामवरण यादव दुई पटक चीन भ्रमणमा गए पनि बेइजिङको आतिथ्य पाएका थिएनन्। अप्रिल २६ र २७ मा हुने बीआरआईमा बेइजिङ पुग्ने पाहुनामध्ये सबैभन्दा लामो चीन बसाइ राष्ट्रपति भण्डारीको हुनेछ।

प्रकाशित मिति: : 2019-04-24 14:09:42

प्रतिकृया दिनुहोस्