यस कारण टुक्रिँदैछ परिवार

मानिसहरु परिवारका लागि केसम्म गर्न सक्दैनन्? परिवारको खुसीका लागि आफ्नो निजी खुसीलाई पनि त्याग्न तयार हुन्छन्। त्यसैले धेरैको लक्ष्य र चाहना हुन्छ- सधैं परिवारको साथमा रहने र खुसी राख्ने। 

यसकारण हामी परिवारलाई सबैभन्दा बढी महत्व दिने गर्छौं।

विश्वका धेरै देशमा परिवारलाई प्राथमिकता दिने संस्कृति छ। केही यस्ता देश पनि छन्, जहाँ बाआमा र तिनका सन्तान पराई जस्तै जीवन बिताउन बाध्य छन्। त्यो त्यहाँको संस्कृतिकै एक हिस्सा पनि हो। जहाँ वृद्ध बाआमालाई साथमा राख्नु निजी जिन्दगीमा अवरोध मानिन्छ।

प्रकाशित मिति: : 2019-04-22 07:50:27

प्रतिकृया दिनुहोस्