श्रीलंका विष्फोटमा मारिनेको संख्या २०७, देशभर कर्फ्यु, संसारभर भत्सर्ना

तस्वीर: एपी

श्रीलंकामा भएको श्रृङ्खलावद्ध सात विस्फोटमा मर्नेहरूको संख्या दुई सय सात पुगेको छ। घाइतेहरूको संख्या कम्तीमा पनि पाँचसय नाघेको बताइएको छ। 

चर्च र होटललई लक्षित गरी भएको विष्ष्फोटमा ३५ विदेशी नागरिक समेत मारिएकाे बताइएको छ।

 

विष्फोटको जिम्मेवारी कसैले नलिए पनि  संदिग्ध ७ जनालाई पक्राउ गरिएको छ।

श्रीलंकामा भएको विष्फोटलाई संसारभरका नेताहरूले क्रुर आतंककारी घटना भन्दै निन्दा गरेका छन्। 

यसैबीच श्रीलंका सरकारले देशभर कर्फ्यु घोषणा गरेको छ। 

प्रकाशित मिति: : 2019-04-21 20:53:26

प्रतिकृया दिनुहोस्