विस्फोटमा १५६ भन्दा बढी मारिएपछि श्रीलंकामा देशभर कर्फ्यु, सामाजिक सञ्जाल बन्द

श्रीलंकाको राजधानी कोलोम्बोमा भएका विभिन्न बम विस्फोटमा परी १ सय ५६ भन्दा बढी मानिसको मृत्यु भएको छ। घाइते हुनेको संख्या ४ सय भन्दा बढी रहेको बताइएको छ। यसपछि सरकारले देशभर कर्फ्युको आदेश जारी गर्दै सामाजिक सञ्जाल समेत बन्द गरेको छ। शनिबार बेलुका भएको विस्फोटले बढी धनजनको क्षति गरेको बताइएको छ। 

आइतबार बिहानसम्ममा लगातार आठौं विस्फोट भएका विभिन्न समाचार संस्थाले उल्लेख गरेका छन्। आइतबार बिहान राष्ट्रिय चिडियाघर नजिकै रहेको होटेलमा ठुलो बम बिस्फोट भएको थियो। त्यहाँको विस्फोटमा २ जनाको मृत्यु भएको थियो। यसको विस्तृत विरवण भने आई नसकेको प्रहरीले जनाएको छ। 

आइतबार बिहानै कोलोम्बोका विभिन्न स्थानमा रहेका ३ गिर्जाघर र ३ होटलमा ६ बम विस्फोट गराइएको थियो।

मृत्यु हुनेमा ३५ जना विदेशी नागरिक समेत रहेको बताइएको छ। तर, उनीहरु कुन-कुन देशका नागरिक थिए भन्ने पहिचान भने हुन सकेको छैन्। 

 

प्रकाशित मिति: : 2019-04-21 18:02:03

प्रतिकृया दिनुहोस्