अमेरिकामा ब्यापक आँधी: गाडी चलाइरहेका दुईजनाको लियो ज्यान

तस्बिरः एजेन्सी

अमेरिकामा आएको आँधीबाट गाडी चलाइरहेका दुईजनाको ज्यान गएको छ।उनीहरू मिसिसिपी राज्यको लिन्कन काउन्टीमा गाडी हाँकिरहेको बेला आएको आँधीले गाडीसँग उडाएको थियो। बाटो बाहिर भएपछि ढलेका रूखमा गाडी बज्रेर उनीहरूको ज्यान गएको थियो।

अर्को एकजना ६३ वर्षीय पुरुषको पनि मृत्यु भएको छ।उनी रूखले किचेर मेरका हुन्। 

उता अलाबामा राज्यको पेल नगरमा आँधीले एक जनाको ज्यान लिएको छ। उनी ४२ वर्षीया एक महिलाको भएको जनाइएको छ। घुम्ती निवासमा रुखले थिचेर उनको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

आँधीले अमेरिकाको मिसिसिपी राज्य धेरै प्रभावित भएको थियो। त्यहाँ एक लाखभन्दा बढी मानिसको घरमा विद्युत सेवा अबरुद्ध भएको थियो। यसैगरी प्रभावित हुने अन्य राज्यमा अलाबामा, लुजियाना र टेक्सास रहेका थिए।

 

प्रकाशित मिति: : 2019-04-20 22:29:16

प्रतिकृया दिनुहोस्