जनताकाे पैसामा हिरोइनको हिमाल आरोहणदेखि विदेश भ्रमणसम्म (सुरुङ घोटाला-भाग २)

काठमाडौं, बैशाख ५ : काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्ग बनाउने जिम्मा लिएको नेपाल पूर्वाधार विकास कम्पनीले मकवानपुरका स्थानीय वासिन्दा र विभिन्न व्यापारी–व्यवसायीबाट उठाएको रु ३६ करोडमध्ये रु ३० करोड सिध्याइसकेको छ।

तर, राजधानीबाट एक घण्टामै तराई पुग्ने यो ५८ किलोमिटर सुरुङ मार्गकाे निर्माण कार्य भने अझै सुरु हुने छाँट छैन। किनकि, नेपालकै पहिलो टोल सडकका लागि आवश्यक लगानीको एक प्रतिशत रकम पनि जुटिसकेको छैन। यसको प्रारम्भिक लागत रु ३४.८७ अर्ब हुने अनुमान थियो। अब त्यतिले पनि नपुग्ने भएको छ।

 

प्रकाशित मिति: : 2019-04-19 14:09:06

प्रतिकृया दिनुहोस्