जेट एयरवेजका सबै घरेलु र अन्तर्राष्ट्रिय उडान बन्द

नयाँदिल्ली, वैशाख ५ : भारतको समस्याग्रस्त निजी क्षेत्रको जेट एयरवेजले नयाँ लगानी जुटाउने उद्देश्यले आफ्ना सबै घरेलु तथा अन्तर्राष्ट्रिय उडानहरू अस्थायी रुपमा बन्द गरेको छ।

इन्धन र अरु सेवाको भुक्तानी गर्न नसकेपछि कम्पनीले हिजो अन्तिम उडान भरेको थियो। उडान स्थगन गर्नुको विकल्प नभएको जेट एयरवेजले जनाएको छ।

कम्पनीले प्रेस विज्ञप्ती जारी गर्दै चाँडै उडान सुरू गर्ने आशा पनि व्यक्त गरेको छ।

प्रकाशित मिति: : 2019-04-18 14:54:05

प्रतिकृया दिनुहोस्