पेरूका पूर्वराष्ट्रपति गार्सियाद्वारा आत्महत्या

पेरुका पूर्वराष्ट्रपति आलान गार्सियाले आफ्नै टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेका छन्। पेरूका राष्ट्रपति मार्टिन भिजकाराले एक ट्विटमार्फत् समाचारको पुष्टि गरेका छन्।   

गार्सियाका कानुनी सल्लाहकार किल इरास्मो रेयनाले उनीमाथि लगाइएको भ्रष्टाचारसम्बन्धी आरोपमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गर्न लाग्दा आत्महत्या गरेको बताए। उनले भने, यो एक दु:खद घटना हो।

प्रहरीका अनुसार उनले बुधबार विहान आफ्नै घरमा टाउकामा गोली प्रहार गरेका थिए।उनलाई लिमास्थित कासिमिरो उल्लोआ अस्पतालमा उपचारका लागि लगिएको थियो। तर, उनलाई चिकित्सकहरूले बचाउन सकेनन्।

पोस्टमार्टम प्रतिवेदनमा उनको टाउकामा गोली लागेको ठूलो घाउ देखिएको छ। 

६९ वर्षीय गार्सिया सन् १९८५ देखि १९९० सम्मा र २००६ देखि २०११ सम्म गरी दुईपटक पेरूको राष्ट्रपति भएका थिए। 

उनीमाथि भ्रष्टाचारको आरोप थियो तर उनले त्यसलाई अस्वीकार गर्दै आएका थिए। 

 

प्रकाशित मिति: : 2019-04-18 04:28:15

प्रतिकृया दिनुहोस्