नेपालले गर्‍यो भारत र चीनसँग ६० पटक बैठक: नतिजा भने शून्य

फोटो: सशस्त्र प्रहरी वल

नेपालको सशस्त्र प्रहरी र भारत/चीनका समकक्षीबीच सिमासुरक्षा र खुला सीमाबाट हुने अवैध तस्करी रोक्न यस वर्ष मात्र ६० वटा बैठक बसेको तथ्यांक सार्वजनिक भएको छ।

सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले यस्तो विवरण बाहिर ल्याएका हुन् तर उनले त्यसको सकारात्मक असरका बारेमा भने केही पनि बताउँन सकेनन्। उनका अनुसार गत साउनयता भारतसँग मात्र ४८ पटक बैठक बसेको छ। तिनीहरूमध्ये एउटा बैठकमा त नेपालका तर्फबाट आईजीपी र भारतको तर्फबाट डिजी नै सहभागी भए। त्यसैगरी डीआईजीस्तरीय चार, गुल्मपतिस्तरीय ४० र अन्यस्तरीय तीनपटक बैठक बस्यो।

त्यस्तै चिनीया समकक्षीसँग सशश्त्र प्रहरीको १२ पटक बैठक बस्यो। त्यसमध्ये एउटा बैठकमा नेपालका तर्फबाट आईजी र चीनका तर्फबाट डीजी नै सहभागी भएका थिए भने गुल्मपतिस्तरीय ११ पटक बैठक बसेको थियो।

तर, यतिका संख्यामा बैठक बसेर योजना बनाए पनि, समीक्षा गरे पनि परिणाम भने उपलब्धि भने शुन्य बराबर नै पाइएको छ। भारततिर मात्र हैन, चीनतिर पनि अवस्था उस्तै छ।

भारतीय खुला सिमानाको फाइदा उठाउँदै तस्करले विभिन्न सामान नेपाल छिराउने क्रम दिन दुईगुना रात चौगुना बढेको छ।भन्सार छलीका सामान र लागुऔषध तस्करी रोखिएको छैन, बरु झनै बढेको छ।नेपालमा अपराध गरी भारतीय सिमा काट्नेको गन्ती नै छैन। त्यस्तै भारतीय पक्षले सिमाना मिचेको मिच्यै छ।

यसैगरी, चिनीया खुला नाकाबाट गुणस्तरहिन मदिरा र सुन तस्करी हुदैँ आएको छ। पछिल्लो समय चीन पनि सिमाना मिच्न माहिर देखिएको छ। एक सरकारी तथ्याक अनुसार चीनले अहिलेसम्म नेपालको ६० हजार हेक्टरभन्दा पनि बढी जमिन मिचेको छ।

प्रकाशित मिति: : 2019-04-15 23:08:48

प्रतिकृया दिनुहोस्