नयाँ वर्ष सुरु हुँदा डाक्टरको समस्या सम्बोधन हुन्छः प्रवक्ता श्रेष्ठ (अन्तर्वार्ता)

तस्बिरः नेपालखबर

सरकारी चिकित्सक कर्मचारी समायोजन ऐन अन्यायपूर्ण भएको भन्दै अस्पताल ठप्प पारेर आन्दोलनमा होमिएको आज (शुक्रबार) आठौं दिन भएको छ। सुरुमा आन्दोलनकारी डाक्टरहरुलाई कारवाहीको चेतावनी दिएको सरकार न वार्ता, न कारवाहीको अवस्थामा छ। यही सन्दर्भमा नेपालखबरका लागि अन्जना पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठसँग गरेको कुराकानीः

जनताले दुःख पाएको आज ८ दिन भैसक्दा पनि सरकार किन मौन छ?
सरकार माैन छैन। एकदुई दिन भित्र समस्याको समाधान हुन्छ। चिकित्सकहरूको मागको विषयमा सरकार सकारात्मक छ। ऐन, नियम र कानुन मार्फत हामी माग पूरा गर्नेछौ। उहाँहरूले संघमै समायोजन हुने माग राख्नु भएको छ त्यो चाहिँ सम्भव छैन। त्यो संविधान विरोधी हुन्छ। त्यो माग बाहेक अरू कुरामा स्वास्थ्य मन्त्रालय सकारात्मक छ र समाधान गर्न तयार छ।

प्रकाशित मिति: : 2019-04-12 21:25:27

प्रतिकृया दिनुहोस्