हावाहुरी प्रभावित क्षेत्रमा कहिलेसम्म सुचारु हुन्छ विद्युत?

तस्बिरः देरसञ्चार

वीरगञ्ज– नेपाल विद्युत प्राधिकरणले तराईका बारा र पर्सा जिल्लामा गत चैत १७ गते आएको विनासकारी हावाहुरीबाट क्षतिग्रस्त विद्युत ट्रान्सफर्मर र विद्युत पोलको मर्मत कार्यमा तिब्रता दिएको छ।

हावाहुरीबाट विद्युत टान्सफर्मरलगायत विद्युत पोलमा क्षति पुग्दा विद्युत आपूर्ति अवरुद्ध भएको थियो।

अवरुद्ध विद्युतलाई सुचारु गर्न ट्रान्सफर्मर र पोलको मर्मत कार्य तीव्र गतिमा भइरहेको विद्युत प्राधिकरण वितरण केन्द्र कलैया शाखाका प्रमुख गजेन्द्र चौधरीले जानकारी दिए। ‘बारामा अहिलेसम्म मर्मतको ७५ प्रतिशत काम सकिएको छ’, चौधरीले भने,‘पोल गाड्ने र ट्रान्सफर्मर जडानको बाँकी काम धमाधम हुँदैछ।’

प्रकाशित मिति: : 2019-04-12 15:26:08

प्रतिकृया दिनुहोस्