अबिच्युरी: औद्योगिक विकासका खम्बा थिए दिवाकर, अघि बढिरहे तर कहिल्यै पछि फर्केनन् ...

विराटनगर । कर्मवीर रामलाल गोल्छाले जुटबाट सुरु गरेको कारोबार फस्टाउँदै आजको गोल्छा अर्गनाइजेसन बनाउन उनका सन्तानले झन् मेहनत गर्नुपर्‍यो । व्यवसायिक घरानाको रुप दिन रामलालका दुई छोरा हंसराज र हुलासचन्दले थपेको इटालाई थप मजबुत पिलर बनाउने काम हंसराजका माइला छोरा दिवाकरले गरे । पारिवारिक मिलन र दिवाकरको औद्योगिक योजनाको जगमा आजको गोल्छा अर्गनाइजेसन उभिएको छ ।

गोल्छा अर्गनाइजेसनका वरिष्ठ उपाध्यक्ष दिवाकर गोल्छाको उपचारको क्रममा भातको चेन्नईमा ६६ वर्षको उमेरमा मंगलबार राति साढे ११ बजे असामयिक निधन भएको छ । उनी ३० जुलाई १९५३ मा जन्मिएका थिए । उनकी श्रीमती जयश्री गोल्छा र छोराहरु हितेष तथा हिमांशु छन् । परिवारका माइला छोरा दिवाकरले आफ्ना हजुरबुवा स्व. रामलालको कर्मवीरताको पदचिन्ह पच्छ्याउँदै आफ्नो परिवारको औद्योगिक विरासतलाई झन् मजबुत बनाउने काम गरे । विराटनगरको रानीबाट सुरु भएको गोल्छा परिवारको औद्योगिक यात्रा अहिले अन्तर्राष्ट्रियस्तरसम्म पुग्न सफल भएको छ । यसको धेरै श्रेय उनलाई पनि जान्छ ।

प्रकाशित मिति: : 2019-04-11 08:22:25

प्रतिकृया दिनुहोस्