५ दिनदेखि सरकारी अस्पताल ठप्प, सरकार संवादहीन

चिकित्सकको हडतालले सेवा बन्द भएपछि जिल्ला अस्पताल सल्यानमा अलपत्र बिरामी । तस्बिर : विप्लव महर्जन/कान्तिपुर

काठमाडौँ — सरकारी चिकित्सकले आकस्मिकबाहेकका सेवा बहिष्कार गरेको पाँच दिन बितिसक्दा पनि समस्या समाधानको पहल भएको छैन । ‘हामी जुनसुकै बेला समस्या समाधानका लागि वार्तामा जान तयार छौं,’ सरकारी चिकित्सक संघ (गोडान) का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले भने, ‘सरकारले समस्या समाधानको पहल गरेको छैन ।’

सबैलाई संघीय सरकारअन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने मुख्य मागसहित शुक्रबारदेखि सरकारी चिकित्सकहरू देशव्यापी रूपमा आन्दोलित छन् ।

प्रकाशित मिति: : 2019-04-10 08:15:55

प्रतिकृया दिनुहोस्