राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य कायम गर्नुपर्ने माग राख्दै संयुक्त जनआन्दोलन समितिको अगुवाइमा राजावादी समुहले आज पनि प्रदर्शन जारी राखेका छन्।
आइतबार राजधानीको माइतीघर क्षेत्रमा ब्यानरसहित राजावादीले प्रदर्शन सुरु गरेका छन्।
राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाका साथै संघीयता खारेजीको माग गरेर जेठ १५देखि राप्रपाको अनुवाइमा राजावादीहरूले अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन्। आन्दोलन आज चौथो दिनमा प्रवेश गरेको छ।
शुक्रबार राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध यस समुहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि पुगेर प्रदर्शन गरेका थिए।
राजावादीहरूले नारायणहिटी दरबार क्षेत्रमा प्रदर्शनको तयारी गरेपछि जिल्ला प्रशासनले त्यस क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो।