बिएल संवाददाता
पाल्पाको तिनाउ खोलाको ड्यामसाइडमा पौडी खेल्दे क्रममा बेपत्ता भारतीय नागरिकको शव फेला परेको छ।
गत बिहीबार पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउखोलाको ड्यामसाईडमा पौडी खेल्ने क्रममा १८ वर्षिय सोयव अन्सारी डुबेर बेपत्ता भएका थिए।
भारतको नौतुना घर भएका अन्सारी नेपाल भ्रमणको लागि आएको बताइएको छ। उनको शव नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त उद्दार टोलीले शनिबार दिउँसो फेला पारेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
बेपत्ता अन्सारीको खोजीका लागि नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बुटलबाट सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज खटिएको थियो।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया