कांग्रेस नेता विश्व पौडेल गभर्नर नियुक्त

Break n Links
Break n Links

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ।

मंगलबार साझ बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई राष्ट्र बैंकको १८ औं गभर्नरमा नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए।

उनी कांग्रेस निकट मानिन्छन्। गत प्रतिनिधि सभा निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर १ बाट कांग्रेसको तर्फबाट उम्मेद्वार बनेका थिए। निर्वाचनमा उनी रास्वपाका हरि ढकालसँग पराजित भएका थिए।

कांग्रेसबाट उम्मेदवार भएकै कारण गभर्नर नियुक्तिमा उनी अयोग्य रहेको भन्दै सर्वोच्चमा रिट पनि दायर भएको थियो। उक्त रिट दरपीठ भएको थियो। दरपीठ परेको अर्को रिटमा मंगलबार गभर्नर नियुक्त हुनु केही घण्टाअघि मात्रै न्यायाधीश सपना प्रधान मल्लको इजलासले दरपीठको आदेशलाई नै सदर गरिदिएको थियो।

पौडेल यसअघि आफैं गभर्नर सिफारिस समिति सदस्य थिए। कांग्रेस सभापति शेरबहादुर देउवाको ग्रिन सिग्नल पाएपछि उनी राजीनामा दिएर आफैं गभर्नरको लाइनमा बसेका थिए।

आजै देउवा र प्रधानमन्त्री ओलीबीच निर्णायक छलफल भएको थियो। लगत्तै गभर्नर सिफारिस समितिले एक नम्बरमा पौडेलको नाम सिफारिस गरेको थियो। आजै बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो।

प्रकाशित मिति: : 2025-05-20 18:54:00

प्रतिकृया दिनुहोस्