कोशीका सांसदहरू सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटना

कोशी प्रदेशका सांसदहरू सवार गाडी दुर्घटनामा परेको छ।

सोमबार कोशी प्रदेश सभा बैठकमा सहभागी हुन जानेक्रममा चारजना सांसद सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा परेको हो। सांसदहरू सवार बा५च ३५२० नम्बरको गाडी विपरित दिशाबाट आइरहेको कारसँग ठोक्किएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

सांसदहरू झापाबाट विराटनगरतर्फ आउँदै थिए। उक्त गाडीमा सांसदहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए। गाडी मैयाँ श्रेष्ठको भएको बताइएको छ।

गाडीमा सामान्य क्षति पुगेको छ। तर, सांसदहरू भने सकुशल रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2025-05-19 16:10:00

प्रतिकृया दिनुहोस्