कटारीमा स्कारपियो दुर्घटनाः दमक नगरपालिकाका अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ घाइते

दमकका जनप्रतिनिधि र कर्मचारी सवार गाडी दुर्घटनामा अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

उदयपुरको कटारी नगरपालिका-६ सोमबारेमा सवारी दुर्घटना हुँदा झापाको दमक नगरपालिकाका एक अधिकृतको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।

बिहीबार दिउँसो करिब ४ बजे चितवनबाट झापा जाँदै गरेको मे१च ३०४० नम्बरको स्कारपियो अनियन्त्रित भई दुर्घटना हुँदा दमक नगरपालिका-३ का ५५ वर्षिय माधव बस्नेतको मृत्यु भएको हो।

बस्नेतको कटारी प्रादेशिक अस्पत्तालमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक कमल बजगाईले बताए। अर्का घाईते दमक नगरपालिका-१० का ४९ वर्षिय राजेन्द्रप्रसाद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै चालक दमक-९ का ३८ वर्षिय देवेन्द्र तामाङ्गको पनि कटारी अस्पत्तालमै उपचार भईरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

त्यस्तै घाइते भएका दमक वडा नम्बर १० का अध्यक्ष राजेन्द्र भण्डारी, वडा नम्बर ६ का वडा सदस्य कमल श्रेष्ठ, १ निवासी ४५ वर्षीय ज्ञानेन्द्र गौतम, २ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह नगरपालिका-१ का ५४ वर्षीय भुवन दाहाललाई थप उपचारका लागि न्युरो अस्पताल विराटनगर पठाइएको छ।

अनियन्त्रित भएको स्कारपियो सडक छेउको फलामे ट्रष्टबेरियरमा ठक्कर खाएर दुर्घटना भएको थियो।

प्रकाशित मिति: : 2025-05-01 20:02:00

प्रतिकृया दिनुहोस्