बिएल संवाददाता
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ मा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। चालकसहित दुई जना घाइते भएका छन्।
असारेबाट ठूलोपोखरीतर्फ जाँदै गरेको लु ३ च २३५७ नम्बरको जिप आइतबार राति करिब १०ः१० बजेतिर अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो।
दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका–१ असारेका २२ वर्षीय जनक रेगामी, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विक छन्। उनीहरुको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुनिल मल्लले जानकारी दिए।
दुर्घटनामा २७ वर्षीय जिप चालक रञ्जन रेस्मी र २२ वर्षीय सरोज बुढा घाइते छन्। उनीहरुको मिसन अस्पताल पाल्पामा उपचार जारी छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया