बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप, केही शिक्षक घाइते

काठमाडौं केन्द्रीत आन्दोलनमा रहेका शिक्षकहरू र प्रहरीबीच आइतबार झडप भएको छ।

माइतिघरमा भेला भएर नयाँ बानेश्वरस्थित संसद भवनतर्फ निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले शिक्षकहरूमाथि बल प्रयोग गरेको थियो।

प्रहरीले सुरुमा पानीको फोहरा हानेपछि शिक्षकहरूले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। त्यसपछि भएको झडपमा केही शिक्षकहरू घाइते भएका छन्।

घाइते शिक्षकहरूलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ।

प्रकाशित मिति: : 2025-04-27 13:46:00

प्रतिकृया दिनुहोस्