एकाबिहान डोल्पा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडकाे भूकम्प

आइतबार बिहान डोल्पा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको कान्जिरोबा भन्ने स्थानमा रहेको थियो।

बिहान ३ बजेर ६ मिनेटमा गएको भूकम्पको तीव्रता ४ म्याग्निच्युडको रहेको थियो। यसअघि शुक्रबार ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो। सो भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको थियो।

प्रकाशित मिति: : 2025-04-27 06:37:00

प्रतिकृया दिनुहोस्