संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन स्थगित

Break n Links
Break n Links

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्‌लाई गर्ने भनेको सम्बोधन स्थगित भएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजको संसद्‌मा अनुपस्थित हुने भएपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। 

उनका अनुसार विपक्षी दलका नेता बाहिर भएकाले संसद्‌मा उपस्थित हुन नसक्ने भएपछि अरू कुनै दिन सम्बोधन गर्ने गरी प्रधानमन्त्रीकाे सम्बाेधन स्थगित भएको हाे।

प्रकाशित मिति: : 2025-04-25 11:36:00

प्रतिकृया दिनुहोस्