वैशाख ११ गतेदेखि तय भएको कक्षा १२ को परीक्षा नरोकिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले तोकिएकै मितिबाट परीक्षा सुरु हुने जनाएको हो।
शिक्षक आन्दोलन चलिरहेका बेला शिक्षामन्त्रीले समेत राजीनामा दिएपछि बोर्डको बैठक बसेको थियो। बैठकले उक्त परीक्षा नरोक्ने निर्णय गरेको हो।
बोर्डको बैठकले सम्पूर्ण जिल्ला परिक्षा समन्वय समितिमार्फत कक्षा १२ को परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्र तोकिएका विद्यालयहरूलाई अनुरोध पनि गरेको छ।
चैत २० गतेदेखि काठमाडौंमा आन्दोलन चर्काइरहेका शिक्षकहरूले भने यसअघि नै उक्त परीक्षाका कुनै पनि काममा सहभागी नहुने घोषणा गरिसकेका छन्।