राप्रपा नपुग्दै शिक्षकहरूको कब्जामा माइतीघर

Break n Links
Break n Links

शिक्षा ऐन माग्दै काठमाडौं केन्द्रीत आन्दोलनमा रहेका शिक्षक-कर्मचारीहरू अरू दिनभन्दा आज बिहानैदेखि माइतीघर मण्डलामा उत्रेका छन्।

आइतबार राप्रपाले पनि माइतिघरमा आन्दोलनको तयारी गरेपछि शिक्षकहरू राप्रपाका प्रदर्शनकारीहरूभन्दा अघि नै माइतिघर पुगेका हुन्। शिक्षकहरू आज बिहान ९ बजेदेखि नै मण्डलामा भेला भइसकेका थिए।

राप्रपाको आन्दोलनलाई मध्यनजर गर्दै शिक्षकहरूले ११ बजेसम्म प्रदर्शन गरेर फर्किएका छन्।

नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलनमा तत्काल शिक्षा ऐन जारी गर्न माग गरिएको छ। शिक्षकहरू गत चैत्र २० गतेबाट नियमित प्रदर्शनमा छन्।

आजै राप्रपाले राजतन्त्रको पक्षमा प्रदर्शन गर्दैछ। राप्रपा नेताहरूले निषेधित क्षेत्र तोड्दै सामूहिक राजीनामा दिने तयारी गरेका छन्।

प्रकाशित मिति: : 2025-04-20 11:21:00

प्रतिकृया दिनुहोस्