ट्रम्पको निवास घेरे अमेरिकीले, पचासै राज्यमा आन्दोलन

हजारौं अमेरिकीले राष्ट्रपति डोनाल्ड ट्रम्पको निवास घेरेर प्रदर्शन गरेका छन्। राज्य-राज्यमा प्रदर्शन गरिरहेका उनीहरूले शनिबार हज्जारौंको संख्यामा जम्मा भएर निवास घेरेका हुन्। 

दोस्रो कार्यकाल सम्हाले लगत्तै ट्रम्पले अमेरिकामात्रै होइन पूरै विश्व तरंगित पार्नेगरी सयौं कार्यकारी आदेशहरू जारी गरेका थिए। 

प्रदर्शनकारीले यो आन्दोलनलाई ‘५०५०१’ नाम दिएका छन्। यसको मतलव ५० प्रदर्शन, ५० राज्य र एक आन्दोलन गर्नू भन्ने हो। अमेरिकामा ५० राज्य छन्। ती सबैजसो राज्यहरूमा अहिले ट्रम्प विरुद्ध प्रदर्शन भइरहेका छन्। 

आप्रवासीलगायत कतिपय अमेरिकीमाथि अमानवीय व्यवहार भएको र उनीहरूको मानवअधिकार हनन् गरिएको भन्दै प्रदर्शनकारीले ट्रम्प प्रशासनविरुद्ध नाराबाजी गरेका थिए। 

उनीहरूले एलोन मस्कजस्ता खर्बपति ब्यापारीलाई साथ लगाएर अमेरिकीमाथि नै अत्याचार गरिएको आरोप पनि लगाएका छन्। 

ट्रम्पको चुनावी अभियानमा सबैभन्दा धेरै खटिएका खर्बपति ब्यापारी मस्कलाई ट्रम्प प्रशासनले अमेरिकाको आन्तरिक खर्च कटौती र व्यवस्थापन हेर्ने निकायको जिम्मेवारी दिएका छन्। 

कार्यकाल सम्हालेलगत्तै विश्वब्यापी मानवीय सहायता कोष युएसआइडीको खारेजीको निर्णयले पूरै विश्व तरंगित पारेको छ। यहीबीचमा मस्कले लाखौं अमेरिकीहरूलाई सरकारी जागिरबाट निकाला गरेका छन् र कैयौं सरकारी विभाग खारेज गर्दै अनुदानहरूमा समेत कटौती गरेका छन्।  
 

प्रकाशित मिति: : 2025-04-20 10:41:00

प्रतिकृया दिनुहोस्