नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन्।
गभर्नर नियुक्ति हुने निश्चित भएसँगै उनले शुक्रबार बिहान राजीनामा बुझाएका हुन्।
सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भट्टलाई गभर्नर बनाउने सहमति जुटिसकेको छ।
गभर्नर महाप्रसाद अधिकारी कार्यकाल पूरा गरेर बिदा भएपछि सत्ता साझेदार प्रमुख दुई दलबीच सहमति नहुँदा गभर्नर नियुक्तमा ढिलाइ भएको थियो।