बिएल संवाददाता
उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोग आरोपमा जिल्ला अदालतबाट दोषी ठहरिएका रामबहादुर बम्जनलाई सफाइ दिएको छ। उच्च अदालतले एक महिनाअघि नै बम्जनलाई सफाइ दिएको हो।
गत चैत ६ गते न्यायाधीशहरू खेमराज भट्ट र नरेश्वर भण्डारीको इजलासले जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै बम्जनलाई सफाइ दिएको हो। बम्जन सफाइ पाएको भोलिपल्ट नै छुटिसकेका थिए। जेलबाट छुटेलगत्तै बम्जन सम्पर्कविहिन भएका छन्। उनी कहाँ छन् कसैलाई अत्तोपत्तो छैन।
यो पनि-
रामबहादुरसँगै बाल यौन दुराचारको आरोप लागेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनले पनि सफाइ पाएका छन्। उनीहरूले भने यसअघि जिल्ला अदालतबाट पनि सफाई पाएका थिए।
जिल्ला अदालतको ०८१ असार १७ गतेको फैसलाले रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोग आरोपमा १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना सजाय तोकेको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया