नेपाली काँग्रेसको पदाधिकारी तथा मन्त्रीहरूको बैठक सकिएको छ। सरकारप्रति विभिन्न आशंका र असन्तुष्टी बढिरहेका बेला प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा पार्टीका सभापति र सरकारमा सहभागी मन्त्रीहरूलाई डाकेका थिए।
बैठकमा मन्त्रीहरूले केही प्रगती विवरण सुनाएका थिए। त्यसपछि पार्टी सभापति देउवाले अझ राम्रो फर्फमेन्स गर्न मन्त्रीहरूलाई अह्राएका थिए।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले अहिलेको गठबन्धन सरकार कसैले हल्ला चलाउँदैमा नढल्ने दाबी गरे।
‘यही सरकारमा राम्रो तालमेल हुनुपर्छ भन्ने कुरा भएको छ। सरकारले अझ सशक्त डेलिभरि दिनुपर्छ भन्ने कुरा उठेको छ’ उनले भने ‘उहाँ(प्रचण्ड)ले त सरकार ढल्छ भन्ने नै भयो। तर उहाँहरूले भनेकै आधारमा सरकार बन्ने वा ढल्ने हुँदैन।’
यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसलाई साथ दिन माओवादी तयार भएकाे बताएका थिए। त्यस्तै उनले याे सरकारकाे आयु धेरै नभएकाे भन्दै यही नयाँ वर्षमा ‘केही न केही नयाँ हुन्छ’ भनेर चितवनमा पत्रकारहरूसँग भनेका थिए।