नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
सभापति शेरबहादुर देउवाले वैशाख १७ गते दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध भएको पौडेलले बताए।
पछिल्लो समय ओली सरकारको काम कारबाहीप्रति कांग्रेसका नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन्। नेताहरूको असन्तुष्टि बढ्दै गएपछि देउवाले कार्यसमिति बैठक डाकेका हुन्।
आजै साँझमात्र प्रधानमन्त्री केपी शर्मा ओली र सभापति देउवाबीच भेटवार्ता भएको थियो।