सुनसरी गोलीकाण्डः एकजनाको नाकको टुप्पोमा गोली लाग्यो, अर्का गम्भीर

सुनसरीको देवानगञ्ज गाउँपालिकामा नयाँवर्षको साँझ गोली चल्दा देवानगञ्ज गाउँपालिका-७ का २१ वर्षीय शिवकुमार मेहता गम्भीर घाइते भएका छन्।

सुनसरी प्रहरीका अनुसार आर्थिक लेनदेनको विषयलाई लिएर सोमबार साँझ दोहोरो गोली हानाहान भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको छ।

सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले भने, ‘घटनामा ६ जनाको संलग्नता देखिन आएको छ। जसमा तीन जना फरार रहेकाले खोजी कार्य तीव्र बनाइएको छ।’

उनका अनुसार गम्भीर घाइते बनेका शिवकुमारसहित तीन जना प्रहरीको नियन्त्रणमा रहेका छन् र घटनास्थलबाट गोलीका खोकाहरू समेत प्रहरीले सङ्कलन गरेको छ।

यस्तै रविनकुमार यादव र पिन्टु यादव पनि प्रहरीको नियन्त्रणमा छन्। गम्भीर घाइते बनेका मेहताको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ।

यसै गरी रविनकुमारको नाकको टुप्पामा गोली लागेको छ भने पिन्टुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2025-04-15 14:19:00

प्रतिकृया दिनुहोस्